निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग आज बुधबार बयान लिंदैछ ।
प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले राणासँग बुधबार बयान लिन लागको हो ।
महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार महाअभियोगमा लागेका आरोपबारे राणाले बयान दिनेछन ।
समितिले एक साता अघि नै पठाएको पत्र राणाले बुझिसकेका छन । बुधबार ११ बजेदेखि बयान लिन सुरू गरिने समितिले जनाएको छ ।
न्यायालयमा बिचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबण्डा खोजेको लगायतका अभियोग राणामाथि लगाइएको छ ।
महाअभियोग अनुमोदन हुन भने संसदको दुई तिहाई मत चाहिन्छ ।








