राजावादीका रुपमा चिनिएका राष्ट्रिय शिवसेना पार्टीका पुर्वनेता तथा व्यवसायी रमेश बस्नेत नेकपा एमालेमा प्रबेश गरेका छन । उनले देशको अस्तित्व रक्षाका लागि नेकपा एमालेमा प्रबेश गरेको बताएका छन ।

उनले आँफू लामो समयदेखि राजसंस्थाको एजेण्डा बोकेर हिडेको भएपनि अहिले देशको अबस्था संकटमा रहेकाले त्यो रक्षा गर्न सक्ने पार्टी नै एमाले भएकाले आँफु एमालेमा प्रबेश गरेको बताए ।

उनले अन्य सत्ता गठबन्धन दलहरु विदेशीको इसारामा चलेको भन्दै देश बचाउने पार्टी नेकपा एमाले मात्र भएको निष्कर्ष निकाल्दै एमालेमा प्रबेश गर्दै राष्ट्रिय स्वाधिनताको लडाईमा सरिक हुन एमाले प्रबेश गर्ने निर्णय गरेको उल्लेख गरे ।

अन्य दल विदेशी गोटी भएकोले आगामी निर्वाचनमा देश रक्षाका लागि एमालेलाई जिताउने अभियानमा आँफु मात्र नभई हरेक नेपालीले सोच्नुपर्ने बेला आएको भन्दै बस्नेतले विगतमा भए गरेका कमीकमजोरी भुलेर अब सच्चा राष्ट्रवादी भएर लाग्न सबैमा अपिल पनि गरेका छन ।

बस्नेतले देश भन्दा ठूलो केहि नहुने संझेर नै एमालेमा प्रबेश गरेको बताए । दमक २ निवासी बस्नेत इलामको चुलाचुलीमा आयोजना गरिएको बृहत पार्टी प्रबेश कार्यक्रममा एमालेमा प्रबेश गरेका हुन । उनलाई एमालेका अध्यक्ष केपी ओली र सुबासचन्द्र नेम्बाङ्गले खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।

पाचथरमा जन्मिएर झापा दमकमा हुर्केका बस्नेत काठमाडौंमा सेभेन स्टार सेक्युरिटी सर्भिस नामक सुरक्षा सेवा प्रदायक कम्पनी सञ्चालक हुन ।