प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले फेरि पारित गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले जस्ताको तस्तै पारित गरेको हो। ।
मतदानमा नागरिकता विधेयकको पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेको थिएन।
प्रतिपक्ष दल नेकपा एमालेले विधेयक पास गर्न मतदानको माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई मतदानको अवसर दिएका थिए। तर प्रतिनिधिसभामा एमालेका ९८ जना सांसद रहे पनि मतदानका वेला ३८ जना सांसद अनुपस्थित रहेका थिए।
सरकारले अब विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाउनेछ।








