पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका अस्पतालमा ६३८३ जनामा गरिएको नमूना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ३२८ जना डिस्चार्ज भएका छन् भने कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन ।