वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव उमाकान्त आचार्य नियुक्त भएका छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा आचार्यलाई नियुक्त गरेका हुन् ।

आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए ।

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव शेषनारायण पौडेल अध्ययन बिदामा बसेपछि उक्त पद रिक्त भएको थियो ।