नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरको जहाज भित्र धुँवा निस्केपछि जहाजलाई पुनः नेपालगञ्ज फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको ९ एन एएनएफ नम्बरको सो जहाज भित्र एक्कासी धुँवाको मुस्लो निस्केपछि तत्काल फर्काएर आकस्मिक अवतरण गरिएको श्री एयरका नेपालगञ्ज स्टेशन प्रमुख पर्सुराम चौधरीले बताए ।

नेपालगञ्ज विमानस्थलबाट उडेको करिब ८ मिनेटमै विमानस्थलमा आकस्मिक अवतरण गराइएको चौधरीले बताए ।

जहाज अवतरण गराउनुअघि सबै प्रकारको ईमरजेन्सी तयारी गरिएको थियो भने विमानस्थलमा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए ।

जहाजमा ७९ जना यात्रु सवार थिए । उनीहरु सबै सकुशल रहेका छ्न । विमानमा चार जना चालक दलका सदस्यहरु पनि रहेका थिए ।