काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएका छन् ।
तारकेश्वर नगरपालिकास्थित वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख जनक भट्टराईले जानकारी दिए ।
उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।
उनीहरूमध्ये केही झुण्डिएको अवस्थामा भेटिएको भट्टराईले बताए ।
घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।








