सुरक्षा परिषद बैठक : सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहको गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।

सुरक्षा परिषदको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *