काठमाडौंको नयाँ बसपार्कमा भएको आगलागीमा १२ वटा माइक्रोबसमा क्षति पुगेको छ ।
प्रहरी वृत गोङ्गबुका प्रमुख प्रहरी निरीक्षक सन्तोष दाहालका अनुसार ग्यारेजमा रोकि राखेका माइक्रोबसमा आगलागी भएको हो । आगलागीबाट १२ वटा माइक्रोबसमा क्षति पुगेको छ ।
आगलागीको कारण अहिलेसम्म नखुलेको र यसबारे अनुसन्धान भइरहेको छ प्रहरीको भनाइ छ।








