अतिक्रमित भूमि समेएिको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्‍द्वारा पास

news-details

भारतद्वारा अतिक्रमित भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषदले पास गरेको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नक्सा सोमबार बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको हो ।

गत नोबेम्बरमा भारतले लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेपछि नेपालमा यस विरुद्ध चौतर्फि आवाज उठेको थियो भने संसदिय समितिले समेत सरकारलाई आफ्नो भूमि समेटेर नक्सा सार्वजनिक गर्न पटक पटक निर्देशन दिएको थियो ।

यस लगत्तै नेपालले पटक पटक कुटनैतिक माध्यमबाट वार्ताको प्रयास गर्दा वेवास्था गरेको भारतले लिपुलेकको नेपाली भूमिमा सडकनै बनाएर उदघाटन गरेपछि सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित अतिक्रमित भूमि समेटेर नयाँ नक्सा तयार गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *