नेपालमा हुने सबै किसिमको अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याइयो

news-details

सरकारले नेपालमा हुने सबै किसिमको अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा बैशाख ३ गतेसम्म यस्तो प्रतिवन्ध लगाइएको थियो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमण फैलन सक्ने जोखिम अझ उच्च रहेकाले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन ।

उनले आन्तरिक उडान भने के गर्ने भन्ने छलफल भने जारी रहेकाले यो सुचारु हुने या यसमा पनि प्रतिवन्ध थप गर्ने भन्ने निर्णय हुन बाकी रहेको बताए ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएपनि आफ्ना नागरिक उद्धार गरेर लैजान चाहने विदेशी मुलुकलाई खाली विमान ल्याएर यात्रु लैजान भने दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *