बागलुङकी ६५ वर्षीया वृद्धालाई कोरोना संक्रमण पुष्टि, कतार एयरलाइन्सबाट आएकी थिइन नेपाल

news-details

बागलुङकी ६५ वर्षीया वृद्धालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बिहीबार गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ भेटिएको पुष्टि गरेसँगै नेपालको कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको जानकारी दिएका हुन ।

यी वृद्धा कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवतीसँगै चैत ४ गते दोहा हुदै कतार एयरलाइन्समा नेपाल आएकी थिइन् । संक्रमित दुवैजना आफन्त रहेको बताइएको छ । अहिलेसम्म उक्त जहाजमा नेपाल आउने तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएकी वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अहिले उनी बागलुङस्थित घरमै सुरक्षित बसिररहेको र उनलाई धौलागिरी अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ। उनीसँगै कतार एयरलाइन्सबाट आएकी अर्की संक्रमित युवती पनि सोही अस्पतालमा उपचाररत छिन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *