कोरोना संक्रमित (कोभिड-१९) भेटिन थालेपछि खाडि मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अल्पकालिन रोक लगाएको छ ।

नेपालीहरुको प्रमुख रोजगारी गन्तव्य कतारमा हालसम्म १२ जनामा कोरोना संक्रमण भेटिए पनि कसैको मृत्यु भने भएको छैन ।

आफ्नो मुलुकमा यो संक्रमण फैलन सक्ने खतरालाई ध्यानमा राख्दै कतारले नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा अल्पकालिन रोक लगाएको कतारका संचारमाध्यमहरुले जनाएका छन ।