संचारमन्त्री बास्कोटाको राजिनामाको माग

आरोप पुष्टी गर्न मन्त्री बास्कोटाको अनुरोध
news-details

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियो बाहिरिएपछि तत्काल राजिनामा दिनु पर्ने माग सर्बत्र उठेको छ ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको अडियो रेकर्डबाट प्रस्ट हुन्छ । बाँस्कोटाले ७० करोड कमिशन मागेको अडियोमा बोलेका छन् ।

मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न नेपाली काँग्रेसले प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मागेको अडियोसहितको समाचार सार्वजनिक भएपछि कांग्रेसले यस्तो माग गरेको हो ।

बिहीबार बिहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गरी पहिले आशंका गरिएको ठूलो रकमको अनियमिततालाई अडियोले बलियोसँग प्रमाणित गरेको भन्दै मन्त्री बाँस्कोटालाई बखास्त गरेर अनुसन्धान गर्न माग गरेको हो ।

त्यसैगरी साझा पार्टीका प्रवत्ता डा. सूर्यराज आचार्यले प्रेस विज्ञप्ती निकाल्दै भनेका छन्–‘प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएक मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ ।’

सामाजिक सञ्जालमा समेत मन्त्री बास्कोटाको राजिनामा चौतर्फी मागिएको छ ।

यसैबीच संचारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले आज बसेको राष्ट्रिय सभा वैठक अवरुद्ध गरेपछि बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । यस्तै संसदको लेखासमितिले पनि अडियो प्रकरण सार्वजनिक भएसँगै तत्कालका लागि सेक्युरिटी प्रेसको प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

आरोप पुष्टी गर्न मन्त्री बास्कोटाको अनुरोध

मन्त्री बास्कोटाले आरोप जसलाई पनि लाग्न सक्ने भएकाले पुष्टी गर्न अनुरोध गरेका छन् । ‘जसले गल्ती गर्छ, त्यही जान्छ’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला’, उनले भने कुन निकायबाट मैले सशुद्धताको प्रमाणपत्र लिनुपर्यो कुरा त्यही हो ।’

यस्तो छ अडियो संवाद

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *