नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ज्ञवाली नियुक्त

news-details

सरकारले नेपाल प्रहरीको २७औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण महानिरीक्षक सर्वेन्द्र खनालले आजबाट अनिवार्य अवकाश पाएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैंठकले ज्ञवालीलाई आईजीपी बनाएको हो ।

आईजीपीका दाबेदारमा अर्का डीआईजीहरू तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय पनि थिए । तर, कार्यसम्पादन मूल्याङ्कनको १ नम्बरमा रहेका ज्ञवालीलाई सरकारले आईजीपी बनाएको हो ।

ज्ञवालीले २५ असार २०४७ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । ज्ञवालीको कार्यकाल ५ महिना मात्रै हुनेछ । उनी आगामी २५ असारमा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् ।

ज्ञवाली यसअघि डीआईजी हुँदा प्रदेश १ प्रहरी प्रमुख थिए । त्यस्तै, ज्ञवालीले प्रहरी उपरीक्षक (एसपी) हुँदा दाङ, बारा र झापा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
१८ जना डीआईजीले समेत अवकाश पाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *