नेपालमा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको एम्नेस्टीको प्रतिवेदन

news-details
एम्नेस्टी इन्टरनेशनल नेपालले अझै पनि नेपालको मानवअधिकारको अवस्था सन्तोषजनक बन्न नसकेको निष्कर्ष निकालेको छ ।

बिहीबार एसिया प्यासिफिक क्षेत्रमा मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको जनाएको हो ।

सरकारले संवैधानिक आयोगमा पदाधिकरी नियुक्त गर्न नसकेको, अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्ने खालका कानून ल्याएको बताउँदै एमनेस्टीले नेपालमा मावनअधिकारको अवस्था सुधार हुन नसकेको जनाएको छ ।

मानव अधिकारवादीहरुमाथि नियन्त्रण गर्न खोजेको, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गर्न सरकारले अलमल गरेको एम्नेस्टीले जनाएको छ ।

विप्लव समूहका कार्यकर्ता भनिएका केही व्यक्तिहरुलाई पक्राउ गरी हत्या गरिएको, मधेश आन्दोलनपछि मधेशी समुदायका सदस्यहरुमाथि गरिएका घटनाहरुको अनुसन्धान विश्वसनीय हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
कानुनमा छाउपडीलाई अपराधीकरण गरिएको भए पनि अहिले पनि धेरै जिल्लाहरुमा यो व्यापक रुपमा रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *