मनराम एसकाज पत्रकारिता पुरस्कार शाक्यलाई हस्तान्तरण

news-details

मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७६ बाट संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्य पुरस्कृत भएका छन् ।

मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज)द्धारा स्थापित पुरस्कार सोमबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले संयुक्तरुपमा पत्रकार शाक्यलाई हस्तान्तरण गरे ।

संखुवासभाको रेडियो खाँदबारी एफएमका स्टेशन मेनेजर शाक्य मोफसलका सक्रिय पत्रकार हुन् । २०७३ साल देखि प्रत्येक वर्ष मनराम फाउण्डेशनसँगको सहकार्यमा मनराम–एसकाज पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।

२०७३ साल देखि प्रत्येक वर्ष मनराम फाउण्डेशनसँगको सहकार्यमा मनराम–एसकाज पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ । यसअघि संखुवासभा जिल्लामा रहि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने क्रियाशिल पत्रकारहरु गंगा विष्ट, इन्द्र गिरी र दीपेन्द्र शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । २५ हजार रुपैया राशीको मनराम एसकाज पत्रकारिता पुरस्कार पाउने शाक्य चौथो पत्रकार हुन् ।

पत्रकारिताको क्षेत्रबाट संखुवासभा जिल्लाको समग्र विकासमा उल्लेख्य योगदान पु¥याएबापत शाक्यलाई सम्मान गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकारिता क्षेत्रमा काम गर्न सहज नभएपनि यस्ता पुरस्कारले हौसला प्रदान गर्ने बताउँदै पुरस्कृत पत्रकारलाई अझ जिम्मेवार भएर लाग्न आग्रह गरे । उनले भने–‘ पत्रकारले सूसुचित गराउने हो, दिग्भ्रमित बनाउने होइन, त्यसैले जिम्मेवार भएर सबैले कलम चलाउनुपर्छ ।’

सम्मानित पत्रकार शाक्यले मनराम एसकाज पत्रकारिता पुरस्कार पाउँदा आफ्नो कर्म प्रति गौरवको अनुभूति भएको भन्दै सम्मानले भोलिका दिनमा अझ राम्रो गर्दै जाने जिम्मेवारी थपिएको बताए ।

संखुवासभा खाँदबारीका शाक्य झण्डै डेढ दशकदेखि पत्रकारितामा संलग्न छन् । संखुवासभाको पहिलो एफएम रेडियो खाँदबारीमा स्टेशन मेनेजरका रुपमा कार्यरत शाक्य विभिन्न रेडियो कार्यक्रमका लागि रिपोटिङ समेत गर्दै आएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा मनराम फाउण्डशनका महासचिव रामप्रसाद घिमिरे, एसकाजका संस्थापक अध्यक्ष दिपेन्द्र वान्तवा, एसकाजका महासचिव उद्वव भट्टराईले मनराम–एसकाज पत्रकारिता पुरस्कारका बारेमा बोलेका थिए । कार्यक्रममा निर्वाचन आयोगकी सचिव वेदमायाँ गुरागाई, कर्मचारी संचयकोषका प्रमुख प्रशासक तुलसी गौतम, संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *