वैदेशिक रोजगारमा जानेले नेपाल भ्रमण बर्षको लोगो अंकित टिशर्ट र क्याप लगाउने

१० लाखसहित रङ्गशालाबाट नेपाल भ्रमण वर्षको उद्घाटन हुँदै
news-details

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सहकार्य गर्ने सहमती गरेको छ ।

संघमा आवद्ध सदस्य संस्थाबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अनिवार्य नेपाल भ्रमण बर्ष २०२० को लोगो अंकित टिसर्ट वा क्याप उपलव्ध गराई पठाउने सहमति भएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

संघका महासचिव सुजित श्रेष्ठका अनुसार ईजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले आ–आफ्नो कार्यालय, कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड लगायतका अफिसियल सामाग्रीमा भ्रमण बर्ष २०२० लोगो राख्ने सहमति भएको छ ।

त्यसैगरी दशरथ रंगशालामा हुने भ्रमण बर्ष २०२० को उद्घाटन समारोहमा संघको तर्फबाट एक सय जनाको मार्च पास गर्ने कार्यक्रम रहेकोले उक्त दिन सहभागी हुन चाहने संस्थाले संघमा यथाशिघ्र नामावली टिपाउन महासचिव श्रेष्ठले अनुरोध गरेका छन् ।

१० लाखसहित रङ्गशालाबाट नेपाल भ्रमण वर्षको उद्घाटन

नेपाल भ्रमण वर्ष २०२० लाई जनवरी १ को दिन सरकारले रङ्गशालामा १० लाख जनाको सहभागिता गराएर उद्घाटन गर्ने भएको छ ।

यसका लागि पर्यटनसँग सम्बन्धित र अन्य प्रत्येक संघसंस्थाले ५ जना सहभागिता गराउनुपर्ने उर्दी गरेको छ । क्यालेण्डर नै बनाएर नेपाल भ्रमण वर्ष भित्रै थप ३० मुख्य पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने लक्ष्यसमेत राखेको नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

राज्यले लिएको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका प्रमुख हुने र यसबाट फाइदासमेत निजी क्षेत्रले नै बढी लिने भएकाले सबैले सहयोग गर्न सचिवालयले समेत अनुरोध गरेको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य हो, तर ५० लाख पु¥याउने लक्ष्य सरकारले राखेको छ । सरकारले राखेको कार्यक्रमलाई सफल बनाउन उक्त दिन सबैलाई रङ्गशालामा सहभागी हुन समेत भ्रमण वर्ष सचिवालयले आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *