दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही शनिबार राति अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको पुष्टी गरेको छ ।

अध्यक्ष शाहीलाई उनकै घरबाट गएराति विप्लव नेतृत्वको नेकपा दैलेखले नियन्त्रणमा लिएको जनाएको हो ।

अध्यक्ष शाहीलाई पार्टीका बिरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्राचार गरेको कारण गिरफ्तार गरिएको सो पार्टीले जनाएको छ ।

अध्यक्ष शाहीलाई लिन जाँदा उनको श्रीमती पनि सँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको नेकपा दैलेखले जनाएको छ ।

विप्लव नेकपा स्रोतले भन्यो, ‘हामीले शाहीकी श्रीमतीलाई नियन्त्रणमा लिएको होईन उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो, उहाँलाई बाटोमा नै छोडिसकिएको छ ।’

जिल्ला प्रहरी कार्यालय दैलेखले अध्यक्ष शाहीको खोजीका लागि विशेष फोर्स परिचालन गरेको बताएको छ ।

यसैबीच, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को कर्णााली प्रदेशले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी सकुशल रिहा गर्न माग गरेको छ ।