अस्पतालको शय्याबाटै प्रधानमन्त्री ओलीको भिडियो सन्देश– ‘मेरो स्वास्थ्य राम्रो हुदै गएको छ’

news-details

एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो एक भिडियो सन्देश दिदै आफ्नो स्वास्थ्य राम्रो हुदै गएको जानकारी दिएका छन ।

उनले उक्त सन्देशमार्फत आफु मेजर अप्रेसनपछि पनि अहिले उठेर हिडन सक्ने तथा साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा पुगेको बताउदै आफ्नो स्वास्थ्य राम्रो हुदै गएको जानकारी दिएका छन ।

प्रधानमन्त्री ओलीले आइतबार सम्पन्न १३औं सागको उद्घाटन समारोह आफूले पूरै हेरेको बताउदै मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरुलाई आग्रहसमेत गरेका छन् ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *