‘काठमाडौं नेचुरोपेथी अस्पताल’को औपचारिक शुभारम्भ, प्राकृतिक प्रविधिद्धारा उपचार सेवा

news-details

काठमाडौं बसुन्धरामा स्थापना भएको प्राकृतिक प्रविधिद्धारा उपचार गरिने ‘काठमाडौं नेचुरोपेथी अस्पताल’को आइतबार एक समारोहकाबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन ।

उदघाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक प्रविधिद्धारा उपचार सेवा दिनेगरी काठमाडौं नेचुरोपेथी अस्पताल संचालनमा आउनु प्रशंंसनीय काम भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

आफू प्रतिनिधि भएको क्षेत्रमा खुलेको अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्न लागेको बताउँदै पोखरेलले भने,‘यहाँ जे जस्तो सेवा सुविधाको कुरा उल्लेख छन् ति जनतासँग गरिएको कबुल हो, अस्पतालको टिमले गरेको कबुलमा कुनै कमजोरी नहुने मैले विश्वास लिएको छु ।’ उनले यो अस्पताल अभियाना सहयोगी साथ दिने व्यक्तिको रुपमा उपस्थित गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पूर्वमन्त्री रामबहादुर गुरुङले अस्पतालले गुणस्तरिय सेवामा ध्यान दिनुपर्ने भन्दै उत्तोत्तर प्रगतीको कामना गरे । वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्सा जीवन्त सभ्यता भएकोमा जोड दिए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा योञ्जन गैरेले अस्पतालले सर्वसुलभ रुपमा सेवा दिने बताए ।

अस्पतालका अध्यक्ष गणेश पाण्डेले अस्पताल सञ्चालन गर्नु कतिपयका लागि रोजगारीको अवसर समेत भएको र प्राकृतिक चिकित्सा पद्दतीको प्रबद्र्धन पनि रहेको बताए । अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिने अध्यक्ष पाण्डेका भनाइ छ ।

यस्तै अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष रहेको उक्त अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिस्ट, नेचुरल थेरापिस्ट लगायतबाट बिरामीको उपचार गरिने अस्पतालले जनाएको छ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपत्यका पृतनापति निरञ्जन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा विभिन्न बैंकका सिईओ, डेपुटी सिईओ, स्थानीय सरकारका अधिकारी र युवा व्यापारी करण चौधरीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *