आज मन्त्रीपरिषद् पुनर्गठन हुदै, अर्का अध्यक्ष दाहालसँगै प्रम ओली शितलनिवासमा

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्ने भएका छन । जसको तयारीका लागि प्रम ओली अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ गराउने तयारी भएकाले त्यसैको प्रक्रिया मिलाउन प्रधानमन्त्री शितलनिवास जानकारी दिएका हुन् ।

हट्ने र नयाँ नियुक्त हुने मन्त्रीहरुको नाम औपचारिक रुपमा सार्वजनिक नभएपनि कम्तीमा ५ देखि १० जनासम्म मन्त्री फेरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार हेरफेर हुने मन्त्रीहरुको अन्तिम नामावली अनुमोदनका लागि आजै अपरान्ह सचिवालय बैठकसमेत बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले हिजोको मन्त्रीपरिषद बैठकमा पनि आज मन्त्रीपरिषद हेरफेर गर्ने भन्दै मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रम नराख्न निर्देशन दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *