सरकारले एकैसाथ १६ जना सचिवको सरुवा र ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले १६ जना सचिवको जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।

जिम्मेवारी हेरफेरका क्रममा राष्ट्रपति कार्यालयबाट तानेर विनोद केसीलाई श्रम मन्त्रालयमा ल्याइएको छ भने श्रम मन्त्रालयका सचिव महेश दाहाललाई शिक्षा मन्त्रालय पु¥याइएको छ ।

सचिव केसीले यसअघि पनि लामो समय श्रम मन्त्रालयमै सहसचिवको भूमिकामा काम गरिसकेका छन भने वैदेशिक रोजगार विभागको महानिर्देशककोसमेत जिम्मेवारी निभाइसकेका छन ।

कस्को कहाँ सरुवा भयो हेर्नुहोस सूचि

क्र.सं. नाम थर सरुवा भएको स्थान साविकको स्थान
१. सूर्य गौतम भूमिसुधार मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय
२. गोपीनाथ मैनाली महालेखा नियन्त्रकको कार्यालय भूमिसुधार मन्त्रालय
३. केदारबहादुर अधिकारी पर्यटन मन्त्रालय वाणिज्य तथा आपूर्ति मन्त्रालय
४. मोहनकृष्ण सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालय पर्यटन मन्त्रालय
५. वेगेन्द्रराज शर्मा पौडेल वित्त आयोग सार्वजनिक खरिद अनुगमन कार्यालय
६. वैकुण्ठ अर्याल वाणिज्य तथा आपूर्ति मन्त्रालय वित्त आयोग
७. माधव बेल्बासे खानेपानी मन्त्रालय राष्ट्रिय सतर्कता केन्द्र
८. रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालय स्वास्थ्य मन्त्रालय
९. सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालय ऊर्जा मन्त्रालय
१०. खगराज बराल स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय
११. महेश दाहाल शिक्षा मन्त्रालय श्रम मन्त्रालय
१२. विनोद केसी श्रम मन्त्रालय राष्ट्रपति कार्यालय
१३. डा. हरि पौडेल राष्ट्रपति कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
१४. महेन्द्रप्रसाद गुरागाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लोक सेवा आयोग
१५. आनन्द ढकाल लोक सेवा आयोग प्रदेश ३ को मुख्य सचिव
१६. तीर्थ ढकाल प्रधानमन्त्री कार्यालय प्रदेश ५ को मुख्य सचिव