भक्तपुर हत्याकाण्ड : प्रेमीसँग मिलेर छोरीले नै बनाएकी थिइन आमाको हत्या योजना

news-details

भक्तपुरमा आइतबार बिहान घाँटी रेटेर हत्या गरिएकी सावित्री भट्टराईको हत्यामा उनकै छोरीको संलग्नतामा भएको खुलेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित कान्छी छोरी इश्वरी भट्टराईको घरमा बस्दै आएकी बृद्धा सावित्री भट्टराईको घरमै कोही नभएको अवस्थामा घाँटी रेटेर हत्या भएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार, मोहम्मद रहिश र मृतक सावित्रीकी छोरी ईश्वरी भट्टराई रहेका छन् ।

इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकारेकी छिन् ।

ईश्वरीले प्रेमी नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमति गरेका थिए । सहमतिपछि प्रेमी मोहम्मद र अर्जुन कुमार मिलेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाइ हत्या गरेको खुलेका महाशाखाले जनाएको छ ।

उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *