सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

news-details

प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए ।

दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका पनि प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *