प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।
सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए ।
दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका पनि प्रहरीले जानकारी दिएको छ ।








