सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै, सबैभन्दा ठूलो प्रदेश ३ को, सुदूरपश्चिमको सबैभन्दा सानो

news-details

स‌ंघीय संरचनामा मुलुक गएपछि सातवटै प्रदेशले आज आफ्नो दोश्रो बजेट ल्याउदै छन । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आ-आफ्नो बजेट सार्वजनिक गर्न लागेका हुन ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरेअनुसार ७ वटै प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन् । सबैभन्दा ठूलो बजेट प्रदेश ३ को रहेको छ भने सबैभन्दा सानो आकारमा सुदूरपश्चिमको रहेको छ ।

प्रदेश १ ले आगामी आर्थिक बर्षका लागि करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको छ । यस्तै, प्रदेश २ ले करिब ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने गृहकार्य गरेको छ भने प्रदेश ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

त्यस्तै गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँको हाराहारीमा, प्रदेश नम्बर ५ ले ३५ अर्ब हाराहारीमा, कर्णाली प्रदेशले ३२ अर्ब रुपैयाँ हाराहारीमा र सुदूरपश्चिम प्रदेशले सबैभन्दा सानो २९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *