सार्वजनिक यातायातको भाडा बढ्यो, असार १ देखि लागू हुने

news-details

सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म बढाएको छ ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

उनका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।

बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ ।

यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो ।

उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ । यसअघि १४ रुपैयाँ थियो ।

यसैबीच, सरकारले ट्याक्सी भाडा पनि बढाएको छ । यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको हो । अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिर्नु पर्नेछ । तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ । यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *