प्रहरीले काठमाडौंको टोखामा काले भनिने विष्णु तामाङलाई गोली हानेर पक्राउ गरेको छ ।
डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि आफूहरूले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
तामाङको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।
काले भनेर चिनिने सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । तामाङ विभिन्न ८ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरी छुटेका थिए ।
त्यसपछि पनि उनले सात ठाउँमा डकैती गरेको प्रहरीको भनाई छ ।







