नेपालमा ‘पब्जी’ खेल खेल्न प्रतिबन्ध लगाइयो

news-details

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा बिहीबार नै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए ।

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *