बिन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ सार्वजनिक
- जेष्ठ ५, २०८१
- 0
साहित्यकार बिन्दु अधिकारी ढकालको संस्मरणसङ्ग्रह ‘कोपिलाको सुगन्ध’ सार्वजनिक भएको छ । सीताराम–पदमकुमारी फाउन्डेसनले काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
यसअघि कविता संग्रह ‘बिन्दुहरु’ र कथासंग्रह ‘मावली दिदी’ प्रकाशनमा ल्याइसक्नुभएकी लेखिका ढकालले तेस्रो कृति ‘कोपिलाका सुगन्ध’मा ४९ जना सफल व्यक्तित्वहरुको वाल्यकालको संस्मरण उतार्नुभएको छ ।
विमोचन समारोहमा कवि तथा लेखक चन्द्र घिमिरे, कृतिमा संस्मरण समेटिएका हास्य कलाकार मनोज गजुरेल, पूर्वमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले कृतिमाथि टिप्पणी गर्दै यस पुस्तकबाट नयाँ पुस्ताले बाल्यकालको संघर्ष र त्यसबाट प्राप्त सफलताको पाठ पढन तथा सिक्न पाउने बताउनुभयो ।
ढकालद्वारा लिखित उक्त पुस्तकमा अनुराधा कोइराला, डा आशा सिंह, उर्मिला उपाध्याय गर्ग, करिष्मा मानन्धर, कालिप्रसाद बास्कोटा, कुलमान घिसिङ, कृष्णचन्द्र शर्मा, प्रा. डा. कृष्णहरि बराल, केदार घिमिरे (माग्ने बुढा), गङ्गा सुवेदी, गङ्गाप्रसाद उप्रेती, गीता केशरी, गुणराज लुइँटेल, डा चन्द्रमणि अधिकारी, जितु नेपाल (मुन्द्रे), ढुण्डिराज शास्त्री, तिलबहादुर कार्की, दिनेशकुमार थपलिया, डा निलम ढुङ्गाना, परशु प्रधान, पारस खड्का, प्रकाश सपुत, प्रतिभा राणा, भवानी राणा, भेषराज कँडेल, मनोज गजुरेल, महाप्रसाद अधिकारी, महावीर पुन, माधवकुमार नेपाल, प्रा माधवप्रसाद आचार्य, डा मानबहादुर विश्वकर्मा, मेलिना राई, मोदनाथ प्रश्रित, यादव खरेल, डा यावदकुमार भट्ट, प्रा. डा. युवराज सङ्ग्रौला, राजेश हमाल, राधिका शाक्य, व्याकुल माइला, शङ्करप्रसाद कोइराला, शशि शाह, डा शान्तराज सुवेदी, शेरबहादुर कुँवर केसी, सपना प्रधान मल्ल, सर्वेन्द्र खनाल, सीताराम कट्टेल (धुर्मुस), सुनिल पोख्रेल, सुशीला कार्की तथा हरिवंश आचार्यका बालाापन समेटिएको छ ।
कार्यक्रममा कृति सिर्जनाको पृष्ठभूमिबारे संस्मरण गर्दै कृतिकार ढकालले ‘कोपिलाका सुगन्ध’ केबल कृति मात्र नभई अहिलेको हुर्कदै गरेको पुस्तालाई बाल्यावस्थामा अनेको संघर्ष झेलेर आफ्नो गन्तव्यमा पुग्न सफल ब्यक्तित्वहरु बारे उजागर गरेर त्यसप्रति प्रेरित गर्नु रहेको बताउनुभयो ।