लुमाको शैक्षिक भेटघाट सम्पन्न

news-details

ई–लर्निङ बक्स (लुमा डिभाइस) शैक्षिक सामग्रीको आवश्यकता, महत्व र गुणस्तरीय उपयोगबारे हालै ललितपुरमा आयोजित एक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

उक्त भेटघाटमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विद्यार्थीहरुले ज्यादै रुचाउँदै गएको लुमा शैक्षिक सामग्रीको महत्वमाथि विचार राखेका थिए । गुरुङले भने–‘एउटै सामग्रीबाट शिक्षक, विद्यार्थी रमाई–रमाई पढ्न पाउने भएकाले यो लुमा यति धेरै लोकप्रिय हुँदै गएको छ ।’

भेटघाटमा लुमाका प्रोग्राम कोअर्डिनेटर नन्दलाल भण्डारीले आगामी दिनमा यो डिभाइसलाई अझै परिमार्जन गरी निर्माण गरिने धारणा राखेका थिए । भण्डारीले भने– ‘समय सापेक्ष यसलाई अझै रोचक, बहुउपयोगी र विद्यार्थी मैत्री बनाउने छौं ।’

भेटघाटमा शैक्षिक अभियन्ता रमेश घले, लुमाका प्रोग्राम मेनेजर कविन मानन्धर, विक्रम न्यौपाने लगायतले लुमाबारे आफ्नो धारणा राखेका थिए ।

भिलेज सोलुसन प्राइभेट लिमिटेडद्वारा उत्पादित उक्त शैक्षिक सामग्री अहिले गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, तनहूँ, काभ्रेपलाञ्चोक, नवलपुर, धादिङ, रुपन्देही र ललितपुर लगायतका जिल्लामा निकै उपयोगी भएका छन् ।

हालसम्म विभिन्न जिल्लाका ५६ विद्यालयमा यो सामग्री विद्यार्थी तथा शिक्षकहरुले उपयोग गरिरहेका छन् । कक्षा १ देखि कक्षा १२ सम्म पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत तथा उपलब्ध विषयहरुको पाठ्य सामग्री समावेश गरी लुमा डिभाइस तयार गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *