‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ जैशीलाई प्रदान

news-details

उपन्यासकार शिव प्रसाद जैशी खतिवडालाई यस वर्षको ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार प्रदान गरिएको छ ।

स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको सुन्दरप्रसाद शाह ‘दुःखी’ प्रतिष्ठानले २०७९ मा प्रकाशित पुस्तकहरुमध्ये खतिवडाको ‘बाँठी’ उपन्यासलाई उत्कृष्ट कृतिकारुपमा पुरस्कृत गरेको हो ।

प्रतिष्ठानकी अध्यक्ष करुणा शाहको सभापतित्वमा राजधानीमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि डा. तीर्थ बहादुर श्रेष्ठले खतिवडालाई नगद राशी ३० हजारसहित सम्मानपत्र प्रदान गरेका हुन ।

सम्मान ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिदै खतिवडाले सुदुरपश्चिम क्षेत्रका ठेट नेपाली शब्द, भाषा तथा रहनसहनमा लेखिएको आफ्नो कृतिले सम्मान पाउदा नेपाली भाषा साहित्य क्षेत्रमा अझ अघि बढन प्रेरित गरेको बताए ।

उपन्यासकार खतिवडा नेपाल माउन्टेन एकेडेमीका क्याम्पस प्रमुखसमेत हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *