‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ जैशीलाई प्रदान
- भदौ २२, २०८०
- 0
उपन्यासकार शिव प्रसाद जैशी खतिवडालाई यस वर्षको ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार प्रदान गरिएको छ ।
स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको सुन्दरप्रसाद शाह ‘दुःखी’ प्रतिष्ठानले २०७९ मा प्रकाशित पुस्तकहरुमध्ये खतिवडाको ‘बाँठी’ उपन्यासलाई उत्कृष्ट कृतिकारुपमा पुरस्कृत गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष करुणा शाहको सभापतित्वमा राजधानीमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि डा. तीर्थ बहादुर श्रेष्ठले खतिवडालाई नगद राशी ३० हजारसहित सम्मानपत्र प्रदान गरेका हुन ।
सम्मान ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिदै खतिवडाले सुदुरपश्चिम क्षेत्रका ठेट नेपाली शब्द, भाषा तथा रहनसहनमा लेखिएको आफ्नो कृतिले सम्मान पाउदा नेपाली भाषा साहित्य क्षेत्रमा अझ अघि बढन प्रेरित गरेको बताए ।
उपन्यासकार खतिवडा नेपाल माउन्टेन एकेडेमीका क्याम्पस प्रमुखसमेत हुन ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










