कविडाँडा आख्यान पुरस्कारको राशी १ लाख रुपैयाँ

news-details

चितवनमा रहेर साहित्य सिर्जना र साहित्य सेवामा सक्रिय साहित्यकार एलबी क्षेत्रीले कविडाँडा आख्यान पुरस्कारको राशीलाई अद्यावधिक गरेका छन् । २०७६ सालदेखि प्रदान गरिँदै आएको ‘कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार’को राशी २५ हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ बनाइएको साहित्यकार क्षेत्रीले बताए ।

कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले हरेक वर्ष उत्कृष्ट कथा या उपन्यासलाई दिइने गरी १ लाख रुपैयाँ नगद राशीको पुरस्कार अघिल्लो हप्ता घोषणा गरेका हुन् । चार लाख राशीको मदन पुरस्कार र अर्को ठूलो पद्मश्री पुरस्कार जुनसुकै विधाले पनि पाउने भएकोले आख्यानलाई मात्र दिइने १ लाख राशीको यो पुरस्कार नेपालकै ठूलो मानिएको छ ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’ को विमोचन कार्यक्रमको अध्यक्षता गर्न पुगेका क्षेत्रीले प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उभिएर पुरस्कारको घोषणा गरेका हुन् । विगतमा ‘कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार’ शीर्षकमा २५ हजार राशीको पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्षदेखि पुरस्कारको राशी १ लाख हुने क्षेत्रीले घोषणा गरे । यो पुरस्कार वर्षभरिमा प्रकाशित आख्यान विधाका कृतिमध्येबाट एक कृतिलाई प्रदान गरिन्छ ।

२०७८ का लागि भने पुरस्कार राशि २५ हजार नै रहे पनि २०८० मा दिँदा २०७९ सालको कृतिको लागि भने १ लाख राशी नै पाउने क्षेत्रीले बताए । २०७६ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक भुवन शर्माको ञपरित्यक्ताझले प्राप्त गरेको थियो भने २०७७ सालमा श्याम साहको ञपथेरझलाई दिइएको थियो । ञआख्यान क्षेत्रका नयाँ लेखकहरुलाई प्रोत्साहित गर्न पुरस्कारलाई अद्यावधिक गरिएको होझ, उनले भने, ‘कविता पनि मलाई मनपर्ने क्षेत्र हो तर कविता लेख्न बौद्धिकता चाहिन्छ । त्यो मसँग भएन । आख्यानप्रति मेरो लगाब र आकर्षण रहेकोले पुरस्कार स्थापना गर्न प्रोत्साहित भएँ ।’

२०१६ सालबाट हिन्दी भाषामा साहित्य लेख्न सुरु गरेका क्षेत्रीका अहिलेसम्म पाँचवटा कृति प्रकाशित भएका छन् । जसमा तीन वटा कथा सङ्ग्रह, एउटा कविता सङ्ग्रह र एउटा अंग्रेजी कथा र कविताको सङ्ग्रह रहेको छ । सात दशक उमेर पार गरेका क्षेत्री अहिलेसम्म पनि अध्ययन, लेखन र विश्लेषण गर्नमा आफूलाई सक्रिय राख्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *