पासाङ शेर्पाको पुस्तक ‘कोरोना कथा’ सार्वजनिक

news-details

अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ ।

वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले पुस्तक विमोचन गर्दै कोरोना महामारीसँग जुधेको सङ्घर्षशील कथालाई सम्बोधन गरेको पुस्तकले नेपाली लेखन क्षेत्रमा आयाम थपेको बताए ।

नेपाल माउन्टेन एकेडेमीकी अध्यक्ष लाक्पाफुटी शेर्पाले महामारीको सङ्घर्ष र भोगाइलाई सटिकरूपमा समेटिएको कृति धेरैका लागि सन्देशमूलक रहेको बताइन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले कोरोना महामारीको सचित्र पुस्तक सङ्ग्रहणीय भएको बताए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य माया ठकुरीले कोरोना महामारीको पीर, व्यथा र कथा समेटिएको कोरोना कथा नेपाली साहित्यका लागि थप उपहार भएको बताइन् ।

पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले मार्मिक ग्रन्थले महामारीको प्रभाव र जनजीवनलाई उजागर गरेको उल्लेख गरे । पुस्तकका लेखक शेर्पाले भिडियो सन्देशमार्फत कोरोना महामारीबाट ग्रसित अमेरिकाको जनजीवन, नेपाली समुदायले भोगेको समस्या र सामाजिक विषयवस्तुलाई पुस्तकमा समेटेको बताए ।

वरिष्ठ चिकित्सक डा राजेन्द्र बरालले कोरोना कहर विस्तारै सामान्य बनिरहे पनि अझै स्वास्थ्य सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको परिपालना गर्न जरुरी भएको उल्लेख गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *