प्राज्ञ भट्टराईको भुईँफूल लोकार्पित

news-details

केचनकवल, झापा । साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई (अर्याल)को दोस्रो कविता संग्रह भुईँफूल को लोकार्पण भएको छ ।
झापाको ऐतिहासिक धार्मिक स्थल भद्रपुर—२ स्थित किच्चकबधमा भाषाविद् तथा झर्रोवादी आन्दोलनका अभियन्ता वरिष्ठ साहित्यकार चुडामणि रेग्मीको प्रमुख आतिथ्यता र किच्चकबध संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थेवेको विशेष आतिथ्यितामा भएको कार्यक्रममा सो कविता कृतिको लोकार्पण गरिएको हो ।

सो कार्यक्रम भानु साहित्यिक प्रतिष्ठान मेचीनगर—६ ले आयोजना गरेको थियो । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि रेग्मी, विशिष्ट अतिथि, अतिथिसहित श्रष्टा भट्टराई, स्रष्टाका पति दुर्गाराम अर्याल र अन्य साहित्यकारहरुले संयुक्तरुपमा कविता संग्रह भुईँफूलको लोकार्पण गरेका थिए । कथाकार भुवन सुब्बा खरेलले कृतिकार भट्टराईको व्यक्तित्वका बारेमा जानकारी गराएकी थिइन् । प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीले भुईँफूलको समिक्षा गरेका थिए ।

कार्यक्रममा कविहरु खगिन्द्रा खुशि, लता खरेल, मीरा काफ्ले पोखरेल, तुलसीप्रसाद भट्टराई र कृष्ण निराकारले लोकर्पण भएको कृतिभित्रका एक÷एकवटा कविता वाचन गरेका थिए । कार्यक्रममा सुनिता तामाङले गजल, मारवाडी भाषाका कवि सत्यनारायण तायलले मारवाडी र माने हास्दाले सन्थाल भाषामा कविता वाचन गरेका थिए । कृतिकारको पहिलो कृतिबाट हरि पौडेलले संगीत गर्नुभएको कवितालाई कलाकारहरु लक्ष्मी मिश्र र प्रणामी पुष्पा र दिपेन कटवालले गीतको लयमा प्रस्तुत गरेका थिए । क्षितिज प्रतिष्ठान नौमती बाजा समूहका अध्यक्ष माया सिटौला र उपाध्यक्ष देविमाया प्रसाई र कोषाध्यक्ष संगीता रिजालले सन्देशमुलक लघुनाटक समेत प्रस्तुत गरेका थिए ।

सुसेली साहित्यिक परिवार मेचीनगरका अध्यक्ष पुण्यप्रसाद खरेल, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाका अध्यक्ष कोमलप्रसाद पोखरेल, पूर्व सांसद् पुष्पराज पोखरेल, अनेसास शिलिगुडीका अध्यक्ष लतिका जोशी, अलइण्डिया रेडियोकी कार्यक्रम प्रस्तोता ललिता जोशी, लेखनाथ पुस्ताकलय चन्द्रगढीका सभापति विरही अधिकारी, वहुभाषिक साहित्य, कला संगीत प्रतिष्ठान झापाका अध्यक्ष संगीताकर हरि पौडेल, मातृकला साहित्य आश्रमका अध्यक्ष मातृका संग्रौला, भद्रपुर माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक आरएन प्रधान, साहित्य, कला संस्कृति प्रतिष्ठान विर्तामोडकी अध्यक्ष भगवती ढुंगेल, इन्द्रेनी साहित्य समिति धुलावारीकी अध्यक्ष मीरा पोखरेल, क्षितिज साहित्य प्रतिष्ठान विर्तामोडका अध्यक्ष तुलसीप्रसाद भट्टराई, वान नेपालकी अध्यक्ष नमुना निरौला, समालोचक चुडामणि वशिष्ठ, साहित्यकार हाम सुवेदी, किच्चकबध भजन किर्तन टोलीका अध्यक्ष सीतादेवि न्यौपानेलगायत स्वदेश एवम् विदेशका कवि, कलाकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा कविहरु विष्णुकुमार भट्टराई,जयप्रसाद आचार्य, कृष्णप्रकाश सुमार्गी,विनोद खनाल, इन्द्र कटुवाल, इन्दिरा कुसुम, गीता सुवेदी नेपाल,आरती पोखरेल, भानु भण्डारी, लीना भण्डारी, हरिप्रसा नेउपाने, हरिप्रसाद रिमाल,उषा गुरुङ, मीना अधिकारी, पं रघुनाथ रिमाल, दुर्गाप्रसाद सिग्देल , एन. वी. दाहाल” नवीन” मीना अधिकारी, उदय कार्की, तेजु कार्की, ध्रुव शिवाकोटी, भीम खवास, ज्ञानेन्द्र ढुङ्गाना,दीपिका शर्मा, मनोज तामाङ,मीना कटुवाल,अमृता चौँलागाईँ, रश्मी असफल,गोविन्द बजगाई,गोमा बजगाईँ, राजेन्द्र अधिकारी,बद्री उप्रेती,लक्ष्मीअच्युत ढुङ्गाना लगायत झापाली साहित्यकारहरुको बाक्लो उपस्थित रहेको थियो।

साहित्य चौतारी विर्तामोडका सहसचिव देवीचरण भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए भने स्वागत आयोजक संस्था भानु साहित्यिक प्रतिष्ठान मेचीनगर—६ का उपाध्यक्ष डिल्लीराम घिमिरेले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *