वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन
- बैशाख ४, २०७८
- 0

वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णव कविता र गीतमा विशेष दख्खल राख्नुहुन्थ्यो । उहाँ महाकवि देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिनुहुन्थ्यो । देवकोटा मुखले भन्नुहुन्थ्यो भने वैष्णवले लेखिदिनुहुन्थ्यो । उहाँका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्नुहुन्थ्यो ।
कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाउनुभएको थियो ।
श्यामदास वैष्णवको जन्म वि।स। १९८१, श्रावणमा ज्ञानेश्वर, मैतीक्षेत्र, काठमाडौमा भएको थियो । हाल उहाँका श्रीमती, तीन छोरा र चार छोरी छन् ।