कविता : ‘जीवन-फूलदेखि फूलसम्म’
- बीरेन्द्र कार्की
- भदौ १, २०७७
- 0
आज
भुवा भन्दा नरम
प्वाँख भन्दा हलुका बनेर
सुर्यमुखी फूल जस्तै
अनुहारमा उज्यालो भरेर
ठ्याक्कै उ आफू जस्तै
हसिला, नरम र हलुका
फूलहरुको बिस्तारा माथी
आफू रोइ रहेको छ
अरु हर्षले बिभोर छन
आज
फूल माथी एउटा जीवनको शुरुआत भएको छ।
र फेरि आज अर्को आज
अत्यन्त गह्रुङ्गो भएर होला सायद
चार काध चडेर
आफू अघि लागेर
चिर निद्रामा आफू
मद मस्त बनेर आफू
सयौं अरुलाइ रुवाएर
छाती माथी फुलहरु सजाएर
यदाकदाका लागि हैन
सदासदाका लागि
अनन्त यात्रामा हिडेको छ
र आजै
फूल मुनि त्यो जीवनको अन्त्य भएको छ।
जीवन फूल माथी देखि फूल मुनिको
फूल देखि फूल सम्मको
बस एक यात्रा मात्र रहेछ
बिचको त सबै जात्रा मात्र रहेछ।
0 प्रतिक्रिया
सञ्चारकर्मी गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष […]
सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन
सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा […]
एमसीसीको धेरै विरोध भए पनि अहिले सबैले त्यो साच्चिकै नै राम्रो छ भन्ने बुझे : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चिनको बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका […]
महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो
आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको […]