कविता : ‘के थाहा …’

-सुषमा आचार्य
news-details

राणा कालको आभाष भएको छ अहिलेको समाजमा
आगो निभेपछी निभाउन आदेश दिए जस्तै
भोकमरीको आगो दन्किरहेको छ गरीबमा
खाडिको पानीले आगो शान्त पार्छु भने जस्तै ।

लोकतान्त्रीक गणतन्त्रमा हामीले नै बिस्वास गरी चुनेका हौ
के थाहा थियो र इतिहासका सामन्ती फर्कन्छन भनेर
देश र जनताको रक्षक सम्झेका थियौ
जनता छक्क पर्छन श्री ३ को हैसियतमा यिनिहरुलाई देखेर ।

मास्क लगाएर काँचको पर्दाबाट भाषण गर्छन्
जनताको सुब्यबस्थाको ठेक्का लिएको छौ भनी हसाउँछन्
लकडाउन भनेको थाहा छैन घरमा बसी सुरक्षित हुने
घरमा बस्ने अनि दुध भात खाने ।

नुन र चिउरा नपाएको ती श्री ३ लाई के थाहा
पानीको ग्यालिन रित्तिएको के थाहा
गोजीको दुई चार दाम टकटकिएको के थाहा
चामलका प्लास्टिक सिद्धिएको के थाहा ।

हाम्रो सरकार छ हेर्लानी भन्दाभन्दै
महामारीले भन्दा पनि भोकमरीले मर्न आटेको के थाहा
हामी ब्यबस्था गछौं भन्दाभन्दै
सयौ यात्री अलपत्र परेको के थाहा ।

ठुला ठुला योजना सफल पार्छु भनेर शान्त्वना दिनेहरुलाई के थाहा
बिपत्तिले संसार हल्याईरहदा समेत उपचार सामाग्रीमा
भष्टाचारको सुगन्ध पाएकाहरुलाई के थाहा
आफुपनि यही धर्तीकै हु भनेर बिर्सनेहरुलाई के थाहा ।

सपनाहरु धकेलेको धकेल्यै गर्दा गहुङ्गो हुन्छ
त्यही गहुङ्गो सपना एक निमेषमा बिष्फोट हुन्छ
थाहा नपाउँदा नपाउँदै बिष्फोटको तापले बेस्सरी पोल्छ
जरा समेत बाँकी नरहने गरी अस्तित्व निर्मुल हुन्छ ।।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया