यस वर्षको मदन पुरस्कार ‘रणहार’ उपन्यासलाई र जगदम्बाश्री बैरागी काइँलालाई

news-details

यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई र जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय भएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार र बैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

दुबै पुरस्कारको राशी ४-४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । पुरस्कार असोज १२ गते वितरण गरिनेछ ।

गुठीले यसअघि मदन पुर‍स्कारका लागि सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लास’  गरी ७ कृति पुरस्कारका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *