शब्द संसारको प्रस्तुतीमा ‘मञ्चविहीनको मञ्च’ शुभारम्भ, सर्जकहरुमा उत्साह

news-details

सृजनात्मक लेखनलाई नियमित बाचनका माध्यमबाट अभिव्यक्त गर्ने उद्देश्यसहित ‘मञ्चविहीनको मञ्च’ कार्यक्रम शुभारम्भ गरिएको छ । शब्द संसारको प्रस्तुती रहेको उक्त कार्यक्रमको प्रसिद्ध साहित्यकार युवराज नयाँघरेले उद्घाटन गर्नुभयो ।

राजधानीको थापागाउँस्थित कुञ्ज थियटरमा कार्यक्रम ‘मञ्चविहीनको मञ्च’ लाई नयाँघरेले बेग्ले किसिमले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नयाँघरेले महाकवी लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यको सुरुका केही शब्द कोसेली सुनाएर कार्यक्रमको समुद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बिभिन्न सर्जकहरुले आ आफ्नो सृजनाको बाचन समेत गर्नुभएको थियो । सो अवसरमा अनुराधा शर्मा, निर्मला बराल, प्रतिभा आचार्य, सरस्वती गिरी, रुमु न्यौपाने, शुष्मा खत्री रञ्जित, शारदा गुरुंग, हरिकृष्ण खतिवडा, प्रमिला बस्नेत, चकेन्द्र राई, पवित्रा दाहाल लगायतले आआफूले ल्याएका रचनाहरु उपस्थित श्रोता दर्शकमाँझ प्रस्तुत गर्नुभएको थियो ।

यसअघिदेखि नै साहित्य रचना, वाचन तथा त्यससँग सम्बन्धित विविध कृयाकलापहरुमा सक्रिय रहँदै आउनुभएका गंगा खड्का, शान्ता पोखरेल, लिलामाया ढकाल र रेजु पोख्रेलको विशेष पहलमा यस कार्यक्रमको सुरुवात गरिएको हो ।

विशेष गरी आफ्ना सृजना बाचनका लागि उचित स्थान र वातावरणको खोजी गरिरहेका नवसर्जकहरुलाई लक्षित गर्दै शब्द संसारमा आबद्ध ४ महिला सर्जकहरुको सक्रियतामा ‘मञ्चविहीनको मञ्च’ कार्यक्रमले एउटा आकार पाएको गंगा खड्काले जानकारी दिनुभयो ।

यसप्रकारको अन्यन्तै उपयोगी कार्यक्रमलाई आफ्नै छत्रछायाँमा अघि सार्न पाउँदा आफूलाई अत्यन्तै सुख एवम् गर्वको अनुभूति भएको कार्यक्रमका संरक्षक समेत रहनुभएका कमल ढकालले उल्लेख गर्नुभयो ।

साथै, यस कार्यक्रमलाई सबैको साझा चौतारीकारुपमा विकास गर्दै लाने तथा समयसापेक्षरुपमा सर्जकहरुको चाहना बमोजिम यसलाई अघि बढाउँदै लैजाने योजना रहेको उहाँको भनाई थियो ।

यसैबीच, हरेक महिनाको दोश्रो शनिबार दिउँसो थापागाउँस्थित सिडिओटोलमा रहेको कुञ्ज थियटरमा सृजना बाचनको कार्यक्रम नियमित चल्ने जानकारी गराउँदै यसमा सहभागी भएर सबैले आ आफ्नो क्षमता प्रष्फुटन गर्न सक्ने शब्द संसारले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *