टमूदेखि यांगौं(रंगुन)साहित्यक सदभावना यात्रा

news-details

नेपाली भाषा, साहित्य तथा शैक्षिक जागरण, नेपाली जातीय चेतना, नेपाली समाजको सामाजिक अध्ययनसहित म्यान्मा–नेपालबीचको साहित्यिक–साँस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले अखिल म्यान्मा देशिय हिन्दू धार्मिक संघको तत्वावधानमा गोर्खाली गाथाको ऐतिहासिक विरासत कायम राखी नेपाली जातीय पहिचान र अस्तित्व बोकेका नेपालीहरूको बाहुल्य भएका शहर तथा बस्तिहरुमा शैक्षिक तथा साहित्यिक कार्यक्रम आयोजना भयो ।

नेपालबाट म्यान्माको भ्रमणमा सहभागी नियात्राकार युवराज नयाँघरे, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे तथा पत्रकार अश्विनी कोइरालाको टोलीलाई टमू शाखाले पहिलो स्वागत गरेको थियो ।

टमूमा आयोजित कार्यक्रममा टमूका साहित्यकार रुद्र गजुरेल, अमित घिमिरे तथा शिक्षा बिभाग प्रमुख कुसुम गौतमले म्यान्मामा नेपाली भाषा साहित्य तथा शैक्षिक अबस्थितिका बारेमा आफ्ना बिचार राखेका थिए । सोहि अवसरमा नेपालबाट म्यान्मा पुगेका तीनैजना सर्जकले नेपाली भाषा र साहित्य समृद्ध पार्न सिर्जनात्मक र रचनात्मक भूमिका खेल्ने धारणा ब्यक्त गरेका थिए ।

सदभावना यात्रालाई अखिल म्यान्मा देशिय हिन्दू धार्मिक संघ केन्द्रीय समितिसँग संयोजन गर्दै नेपाली साहित्यिक परिवार टमूका अमित घिमिरेले माण्डले, यकसक, टाउँजी, मिचिना लयागतका क्षेत्रहरुमा नेपाली जन जीवनको सामाजिक अध्ययन, साहित्यिक तथा शैक्षिक कार्यक्रम, अन्तरक्रिया, कवि गोष्टि समेतको संयोजन गर्नु भएको थियो । माण्डलेमा आयोजित कार्यक्रममा नेपालबाट आउनु भएका श्रष्टाहरुलाई हिन्दू संघका केन्द्रिय अध्यक्ष सागर घिमिरे लगायतका केन्द्रिय समितिका पदाधिकारीले सम्मान गरेका थिए ।

म्यान्माको राजधानी यांगौं(रंगुन)मा आयोजित बिशेष कार्यक्रममा म्यान्माको साहित्यिक तथा शैक्षिक स्तरोन्नति, साहित्यिक एवम् साँस्कृतिक आदान–प्रदान, अनुवाद संग्रह प्रकाशन आदिका बारे अन्तरक्रिया भएको थियो ।

उक्त कार्यक्रममा साहित्यकारहरू ठाकुर गुरागाईं, बिष्णु पन्थि, टेकनारायण रिमाल, धनी गौतम, प्रविणहरि प्रधान, लक्ष्मण न्यौपाने, मोती गुरागाई, अमित घिमिरे, चतुर्वेदी खनाललगायतले आ–आफ्नो बिचार धारणा र रचना प्रस्तुत गरेका थिए ।

सोहि अवसरमा नेपालबाट म्यान्मा(बर्मा) आएका साहित्यकारहरूलाई यांगौं शाखाद्वारा सम्मान गरिएको थियो । कार्यक्रम शाखा अध्यक्ष चित्र जि.सि.को सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *