कर्ण शाक्यको पुस्तक ‘कोष’ लोकार्पण

news-details

लेखक, अभियन्ता तथा व्यवसायी कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष–जीवनपछिको जीवन’ मंगलबार एक समारोहकाबीच सार्वजनिक भएको छ । उक्त पुस्तक शिक्षासेवी उत्तम सञ्जेलले लोकार्पण गरेका हुन ।

सञ्जेलले उक्त अवसरमा कोष कर्मजीविका लागि लेखिएको पुस्तक रहेकाले यस्तो पुस्तक लोकापर्ण गर्दा आफु धन्य भएको बताउदै शिक्षामा गरिने लगानी देशमाथिको सबै भन्दा बलियो लगानी रहेको र शिक्षाकै माध्यमबाट सबैको चेतनास्तर बढाई केहि गर्नसक्ने सोचलाई सार्थकता बनाउन सकिने धारणा राखे ।

यस्तै पुस्तकमाथि टिप्पणाी गर्दै कवि तथा समीक्षक डा गीता त्रिपाठीले पुस्तकमा लेखकले ‘जीवन जटिल मात्र छैन, सहज पनि छ’ भन्ने कुरा आफ्नो कर्म र लेखनमा प्रमाणित गरेको बताइन् ।

यस्तै पुस्तक प्रकाशक फाइन प्रिन्टका अजित बरालले शाक्यका पुस्तक प्रकाशन गर्न पाउनु खुशीको कुरा रहेको बताए । शाक्यका पुस्तकमार्फत आफूहरु सकारात्मक सोचको बिस्तारमा लागि पर्न पाएको बताएका छन् ।

लोकार्पण समारोहमा बोल्दै लेखक कर्ण शाक्यले आफ्ना हरेक पुस्तक सकारात्मक सोचाईका सञ्चारको रुपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएकोमा यो नयाँ पुस्तक कोष पनि यसकै निरन्तरता रहेको बताए ।

लेखक शाक्यले आफ्ना भोगाइहरुको अनुभव पुस्तकमा जस्ताको त्यस्तै उतारेको बताउदै यो पुस्तक समीक्षक वा साहित्यिक इतिवृत्तिका लागि भन्दा पनि केही गर्नु पर्छ भन्ने सोचको बिस्तारका लागि ल्याएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *