मेची महोत्सवमा कविता वर्षा

news-details

इलाम । मेची पर्यटन महोत्सव इलाममा विभिन्न कवि कवयित्रीहरुले रचना वाचन गरी नेपालको पर्यटनमा सघाउने प्रतिबद्धता व्यक्त गरे ।

इलामको टुँडिखेलमा साहित्यकारहरु राधेश्याम लेकाली, युवराज नयाँघरे, ऋषभ घिमिरे, सुभद्रा भट्टराई, अश्विनी कोइराला, कोमल निरौला, दिवाकर भण्डारी, विमल वैद्य, टीका घिमिरे, लीला अनमोलले कविता, गीत, गजल प्रस्तुत गरेका थिए । त्यसैगरी प्रकाश थामसुहाङ, धरणी गौतम लगायतले पनि विभिन्न साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा झापा, इलाम, पाँचथर, ताप्लेजुङका प्रमुख कवि कवियत्रीहरुको सहभागिता भए पनि विराटनगर, धरान, इटहरी लगायतका साहित्यकारहरको पनि सहभागिता भएको आयोजकहरुले बताएका थिए ।

मेची पर्यटन महोत्सवमा साहित्य, संस्कृति, प्रकृति, वाणिज्य लगायतका विविध कार्यक्रमहरु हरेक दिन आयोजित भएका थिए । यस खालका कार्यक्रमबाट पर्यटन व्यवसाय फस्टाउने आशा आयोजकहरुको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *