कवि रिमा केसीको ‘यात्रामा अक्षर’ सार्वजनिक

news-details

कवि रिमा केसीको ‘अक्षरमा यात्रा कविता सङ्ग्रहको बरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतित्थ्यमा शनिबार सार्वजनिक गरिएको छ ।

सर्वनाम थिएटरमा भएको कार्यक्रमा कवि तथा समीक्षक श्रवण मुकारुङ, आहुती र विमला तुम्खेवाले कृतिमाथि टिप्पणी गरेका थिए ।

कविता सङ्ग्रहमाथि टिप्पणी गर्दै बरिष्ठ कवि तुलसी दिवसले ‘कविको आफ्नै भाषा र लय हुन्छ । यस सङ्ग्रहमा कवि रिमा केसीको आफ्नै लय र शैली रहेको छ । कविको आफ्नै भाषा र शैलीमा लेखिएको अक्षरमा यात्रा कविताको छुट्टै विशेषता रहेको छ ।’ भन्ने धारणा राखेका थिए ।

कवि श्रवण मुकारुङले भने ‘पहिलो कृतिमा नै कवि रिमा केसीले शसक्त नारी चेतको वकालत गरेकी छिन् । उनका कवितामा नारी, प्रेम र नारी उत्पीडनको विषयलाई प्रस्तुत गरिएको छ ।’

यसैगरि कवि आहुतीले कविताको सैद्धातिक पक्षमाथि बोल्दै हामीले बुझ्ने समाज र नारी प्रतिको धारण परिवर्तन गर्नुपर्छ भन्ने विचार व्यक्त गरेका गरेका थिए ।

उनले कवितामा नारी पीडाको आवाज मात्र हैन किन नारी पीडित भए र त्यसको अन्त्यका बारेमा कविताले रानी प्रति समाजले हेर्ने परम्परागत दृष्टिकोण र धारण नै परिवर्तन गर्ने धारणा राखेका थिए ।

कवितामा केही गुनासो मात्र देखिएतापनि पहिलो कृतिमा स्वाभाविक भएको बताएका थिए ।

कवि बिमला तुम्खेवाले यस कविताबाट सशक्त नारी श्रष्टाको उदय भएको बताएकी थिइन । उनका अनुसार नारीको आवाजलाई कलात्मक तथा निजात्मक शैलीमा लेखिएको यस सङ्ग्रहमा नारीको विशेष स्थान रहेको छ ।

कार्यक्रममा कवि नवीन प्यासी र लक्ष्मी रुम्बाले सङ्ग्रह भित्रबाट किविता वाचन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *