कोरियामा साहित्यिक सम्मान कार्यक्रम हुँदै

news-details

दक्षिण कोरियामा रहेर नेपाली कला साहित्यमा लाग्ने नेपालीलाई अनलाइन रेडियो गोर्खाली दक्षिण कोरियाले विशेष सम्मान गर्ने भएको छ ।

‘नेपाली कला साहित्य र संगीत हाम्रो अभियान, घरदेश होस या प्रदेश जस्ले ल्याउने छ सुनौलो बिहान’ भन्ने नाराका साथ कोरियाको एक मात्रै नेपाली भाषी अनलाइन रेडियो गोर्खालीले उक्त सम्मान कार्यक्रम गर्न लागेको हो ।

नेपालबाट कोरिया गएर नेपाली कला, साहित्य तथा संगीतको क्षेत्रमा लागेर निःश्वार्थरूपमा योगदान दिईरहेका व्यक्तित्वहरूलाई थप प्रोत्साहन प्रदान गर्नका लागि सम्मान गर्न लागिएको संयोजक हाङ चेम्जोङले जानकारी दिए ।

कार्यक्रम कोरियाको ठुलो चाँड छुसकको अवसर पारेर यही सेप्टेम्बर २३ का दिन सियोलको थोन्देमुनस्थित सुभेच्छा रेस्टुरेन्ट सँगैको कोरियन छिब हब हलमा हुने आयोजक समितिका अर्का सदस्य रेखे गुरुङले जानकारी दिएका छन ।

प्रवासमा बसेर पनि नेपाली साहित्य तथा कला क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन गर्ने कार्यको थालनि गरेको कोरियामा रहेका नेपालीहरुमाझ लोकप्रिय अनलाइन रेडियो गोखार्लीले आगामी दिनमा यस्ता कार्यक्रम थप सशक्त बनाइदै लैजाने जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *