१० नारी स्रष्टाले गरे कथा वाचन
- भदौ ६, २०७५
- 0
ललितपुर /कथा लेखनमा नारी स्रष्टाहरुको सहभागिता वृद्धि गर्ने उद्देश्यले कथावाचन तथा अन्तरक्रियाको आयोजना गरिएको छ ।
नेपालभाषा परिषदको आयोजनामा ललितपुरमा भएको सो कार्यक्रममा नयाँ तथा पुराना पुस्ताका १० नारी स्रष्टाले कथा वाचन गरे । कार्यक्रममा मोतिलक्ष्मी शाक्य, मनदेवी तण्डुकार, रेवती राजभण्डारी, निजिरोस न्याछ्यों, सरस्वती तुलाधर, रेणु श्रेष्ठ, मीना बज्राचार्य, अमिरमैयाँ रञ्जित र नलि बज्राचार्यले नारी समस्यामाथि केन्द्रित समसामयिक कथा वाचन गरेका थिए ।
गोष्ठीमा प्रमुख अतिथि कथाकार जलेश्वरी श्रेष्ठले नारी स्रष्टाहरु कथा लेखनमा सक्षम छन् भन्दै आफ्ना कुरालाई सिर्जनामार्फत अझ जोडदार रुपले भन्नुपर्ने बताए। परिषदका सचिव तथा कथाकार धु्व मधिकर्मीले गोष्ठी तथा अन्तरक्रिया जस्ता कार्यले लेखनलाई सबल बनाउन र समयसापेक्ष बनाउन मद्दत पुग्ने बताए ।
परिषद्का अध्यक्ष प्रा सुवर्ण शाक्यको सभापतित्वमा भएको सो गोष्ठीमा कवि नवीन चित्रकार, पुष्परत्न तुलाधर, निर्मल बज्राचार्य र भवानी तुलाधर लगायतले कथा साहित्यमाथि आफ्नो धारणा राखेका थिए ।
0 प्रतिक्रिया
महिला यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीलाई मन्त्रीले गरे विदाई
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । […]
रवि लामिछाने हिरासतमुक्त भएपछि रास्वपा कास्कीले माफी माग्यो
पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ […]
पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : मन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा […]
संविधान संशोधनको विषयमा तलमाथि हुँदैन्, कार्यदल बनाएर अगाडि बढेका छौ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय […]
आज पाचँ संसदीय समितिको बैठक बस्दै
आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान […]