दाहाल यज्ञनिधिको पार्थिव शरीर शिक्षण अस्पताललाई दान
- साउन २६, २०७५
- 0
काठमाडौं । शुक्रवार निधन भएका साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको शव उनकै ईच्छा अनुसार शिक्षण अस्पताललाई दान गरिएको छ । उनको शव शिक्षण अस्पतालका विद्यार्थी डक्टरहरुको प्रयोजनका लागि दान गरिएको हो । परीवार श्रोतका अनुसार आज दाहालको अन्तिम इच्छा बमोजिम उनको पार्थिव शरीर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको एनाटोमी बिभागलाई बुझाईएको हो ।
गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उहाँ लड्नुभएको थियो । लडेपछि उहाँको टाउको रगत जमेको थियो । दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उहाँको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन ।
दुई दिन काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उहाँलाई हिजो ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उहाँको सुमेरु अस्पतालमा हिजो निधन भएको थियो ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










