दाहाल यज्ञनिधिको पार्थिव शरीर शिक्षण अस्पताललाई दान
- साउन २६, २०७५
- 0

काठमाडौं । शुक्रवार निधन भएका साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको शव उनकै ईच्छा अनुसार शिक्षण अस्पताललाई दान गरिएको छ । उनको शव शिक्षण अस्पतालका विद्यार्थी डक्टरहरुको प्रयोजनका लागि दान गरिएको हो । परीवार श्रोतका अनुसार आज दाहालको अन्तिम इच्छा बमोजिम उनको पार्थिव शरीर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको एनाटोमी बिभागलाई बुझाईएको हो ।
गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उहाँ लड्नुभएको थियो । लडेपछि उहाँको टाउको रगत जमेको थियो । दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उहाँको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन ।
दुई दिन काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उहाँलाई हिजो ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उहाँको सुमेरु अस्पतालमा हिजो निधन भएको थियो ।