किरण खरेललाई महानन्द पुरस्कार

news-details

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने महानन्द साहित्य सम्मान यस वर्ष कवि तथा गीतकार किरण खरेललाई प्रदान गरिएको छ ।

१२२ औं महानन्द जयन्तीका अवसरमा गीतकार खरेलको निजी निवासमा एक औपचारिक कार्यक्रम गरी कवि विप्लव प्रतीक र निबन्धकार, पत्रकार दीपक सापकोटाले उक्त सम्मान प्रदान गरेका थिए । अनेसास, टेक्सास च्याप्टरले प्रदान गरेको पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।

नेपाली भाषाको श्रीवृद्धिमा विशेष योगदान दिने साहित्यिक व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गरिँदै आएको छ । सन् २०१२ देखि महानन्द सापकोटा साहित्यिक पुरस्कार गुठीले यो सम्मान प्रदान गर्न थालेको हो ।

हालसम्म विप्लव प्रतीक, वसन्त थापा, गोविन्द वर्तमान, किशोर नेपाल र दुर्गालाल श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिसकिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *