अरुण सुवेदीको जीवन यात्रा सार्वजनिक

news-details

अरुणकुमार सुवेदीको ‘जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । राजधानीमा गरिएको एक कार्यक्रमकाबीच वरिष्ट पत्रकार एवं घोष्ट राइटिङका सम्पादक टंक पन्त, वरिष्ठ पत्रकार तीर्थ कोइराला, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेख स्वयं सुवेदीले संयुक्त रूपमा उक्त पुस्तकको अनावरण गरेका हुन् ।

‘जीवन यात्राुमा समसामयिक राजनीति, सामाज, धर्म-संस्कृति, अर्थ-विकास, इतिहासलगायतका विषयवस्तु समेटिएको छ । खानीसम्बन्धी विषयलाई अनुसन्धानात्मक रूपमा प्रस्तुत गरिएको पुस्तक ‘जीवन यात्रा’ युवाका लागि मात्र नभइ हरेक क्षेत्रका लागि रोचक, पढनीय एवं सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिने अनावरण कार्यक्रमका वक्ताहरूको भनाइ थियो ।

घोष्टराइटिङद्वारा प्रकाशित जीवन यात्राको समीक्षा गर्दै टंक पन्त, तीर्थ कोइराला, गुणराज लुइटेल, भूगर्भविद् तारानिधि भट्टरार्इले नेपाली समाजमा रहेका बिकृतिलाई औँल्याउदै सुवेदीको पुस्तकले नेपालको आगामी बाटो देखाउन सक्ने उल्लेख गरे । पुस्तकमा २०२० साल यताका सामाजिक तथा राजनीतिक घटना र संस्मरणहरूलाई समेटिएको छ । पूर्वी नेपालको पाँचथरदेखि पश्चिममा दार्चुलासम्मको भूगोललाई पुस्तकमा समेटेर राखिएको छ । लेखक सुवेदीले आफूले देशका लागि पुस्तक प्रकाशन गरेको र अर्को पुस्तक पनि अझ विशेष रूपमा तयार गर्ने बताए ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर केसी, घोष्टराइटिङका सयोजक राजाराम गौतम, रेनुका खरेल, प्रकाशप्रसाद उपाध्यायलगायतले पुस्तकका बारेमा प्रकाश पारेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया